×

पोखरा विमान दुर्घटना : मृतक ७२ जनाकै शव भेटियो, ११ जनाको शवको सनाखत

images

काठमाडौं । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामापरि बाँकि मृतक ४ जनाको शव पनि भेटिएको छ।

उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोर र रोप रेस्क्यु टोलीले निकालेको हो।

दुर्घटनापरेका यात्रुहरुको शव गण्डकी अस्पतालमा राखिएको कास्की सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए। उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव पुर्‍याइएको छ।

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका सदस्यसहित जम्मा ७२ जना यात्रु सवार रहेका थिए।

यस्तै मृतकहरुमध्ये ११ जनाको शवको सनाखत भएको छ।

आइतबार​ १ माघ २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया