×

महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा थवही ल्याय्म्ह पुचः (मचा कव) समूह प्रथम

images

काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता (बाँसुरी खलः धें धें बल्ला कासा ) मा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै वडा नं. १६ को श्री श्वेत बिनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूहले तेस्रो स्थान प्राप्त गरेको छ । 

प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो स्थान हासिल गर्नेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो स्थान हासिल गर्नेलाईं ५० हजार रुपैयाँ नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरियो । 

बिहीबार २८ मंसिर २०८० ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया