×

चुनावपछि गठबन्धनबाट प्रधानमन्त्री को ?

images

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

उता एमाले नेतृत्वमा रहेको गठबन्धनले चुनावमा बहुमत ल्याएमा भने एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निश्चित छ । एमालेले ‘मंसिर ४, ओली सरकार’ भन्दै आपूmहरूले जितेमा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हुने भन्दै सोहीअनुसार प्रचारप्रसारलाई देशव्यापी बनाइरहेको छ ।

आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले भने प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन । सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पुर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् ।

सामान्यतया विगतका अनुभव हेर्ने हो भने आमनिर्वाचन हुनुअघि नै दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने गरेका छन् । २०४६÷४७ सालको जनआन्दोलनपछि भएका विभिन्न निर्वाचनमा तत्कालीन समयका प्रमुख दुई दल कांग्रेस र एमालेले चुनावअघि नै भावी प्रधानमन्त्रीको रूपमा आफ्नो नेतृत्वलाई अघि सारेको थियो । त्यतिबेला भएका विभिन्न चुनावमा एमालेले मनमोहन अधिकारी तथा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्वाचनमा होमिएका थिए ।

सामान्यतया दलीय प्रणालीमा आमनिर्वाचनअघि नै दलहरूले प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने पद्धतिलाई सकारात्मक मानिन्छ । तर, यही ४ मंसिरमा हुने आमनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले बनाएको चार दलीय गठबन्धनले आफ्नो भावी नेतृत्व छनोट गर्न नसकेको हो ।

सो गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको खण्डमा को प्रधानमन्त्री हुन्छ भन्ने’दयगतमा कुनै निर्णय गर्न नसक्दा अन्योलता बढेको हो । तर, गठबन्धनमा रहेका दलका केही नेताले भने पार्टीले निर्णय गर्नुअगावै आपूm भावी प्रधानमन्त्रीको मुख्य दाबेदार भएको भन्दै भोट माग्दै हिँडिरहेका छन् ।

गठबन्धनले बहुमत ल्याएमा कांग्रेस सभापति शेरबहादुर देउवा पुनः आफैं प्रधानमन्त्री हुने दौडमा छन् । उनले खुला रूपमा यो कुरा अभिव्यक्त नगरे पनि निकटस्थसँग गठबन्धनले बहुमत ल्याएमा आपूm पुनः प्रधानमन्त्री हुने बताउने गरेका छन् । देउवा हाल डडेल्धुराबाट प्रतिपस्र्धामा छन् । कांग्रेसभित्रकै केही व्यक्तिले भने सत्तारूढ गठबन्धनले बहुमत ल्याएमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड आधाआधा कार्यकाल प्रधानमन्त्री हुने गरी गोप्य सहमति भएको दाबी गरेका छन् ।

त्यसैले यो विषयलाई बाहिर नल्याइएको स्रोतको दाबी छ । गोर्खाबाट चुनाव लडेका माओवादी अध्यक्ष प्रचण्डले चुनावी कार्यक्रममा चुनाव पछि अवसर पाएमा प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताउने गरेकाले पनि उनी र देउवाबीच आधाआधा कार्यकाल प्रधानमन्त्री हुने विषयमा सहमति भइसकेको हुन सक्ने स्रोतको दाबी छ । कांग्रेसका प्रवक्ता रामशरण महतले भने चुनावपछि गठबन्धनले बहुमत ल्याएमा कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।

उता तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अबको प्रधानमन्त्री आफंै हुने दाबी गर्दै हिँडिरहेका छन् । राजधानी दैनिकबाट

सोमबार २८ कात्तिक २०७९ ०६:३८ AM मा प्रकाशित

प्रतिक्रिया