×

अत्यावश्यक उपभोग्य वस्तुको अभाव छैन, आवश्यकता भन्दा बढी खरिद नगर्नु- वाणिज्य विभाग

images

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको छ ।

आइतबार विभागले विज्ञप्ति जारी गर्दै माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न र नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता लगायत सम्पूर्ण निजीक्षेत्रलाई अनुरोध गर्दै आम उपभोक्तालाई पनि आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको हो ।

विभागले भनेको छ- 

मिति २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसबाट सिर्जित विषम परिस्थिति क्रमशः सामान्यीकरण हुदै गएको छ ।

यस परिस्थितिमा सहज आपूर्ति व्यवस्था कायम गर्दै दैनिक उपभोग्य वस्तु तथा सेवाहरू सहज रूपमा उपलब्ध गराउँदै उपभोक्ता हित संरक्षणका लागि देहाय बमोजिम गर्न/गराउनु हुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं । माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न/नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता लगायत सम्पूर्ण निजीक्षेत्रमा अनुरोध गर्दछौं ।

बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न/नगराउनुहुन आम उपभोक्तामा अनुरोध गर्दछौं । उल्लिखित कार्यमा आवश्यक सहयोग र सहजीकरणका लागि उपभोक्ता हकहितका क्षेत्रमा क्रियाशील संघ, संस्था र सञ्चारक्षेत्र लगायत सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं ।

आइतबार​ २९ भदौ २०८२ ०७:०७ PM मा प्रकाशित

प्रतिक्रिया