×

नेप्से दोहोरो अंकले घटेर बन्द

images


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से १६।९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको हो ।
९० करोड ५ लाख ६३ हजार रुपैयाँबराबरको मात्रै आइतबार कारोबार भएको छ । कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२७.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको पाँच करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आइतबार​ ३१ बैशाख २०८० ०४:१३ PM मा प्रकाशित

प्रतिक्रिया