×

ठगी आरोपमा पक्राउ पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

images

काठमाडौं । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले ठगी र कीर्तेसहित चार मुद्दा लगाइएका शाहलाई जेल चलान गर्न आदेश दिएको हो। 

काठमाडौं जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई कारागारमा चलान गर्न आदेश दिएको हो।  पक्राउ परेकामध्ये ६ जनालाई अदालतको आदेशअनुसार थुनामा पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। 

 पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २२ पक्राउ गरेर अनुसन्धान थालेको थियो। यो प्रकरणमा अन्य १३ जना अझै फरार छन्।


 

मङ्गलबार ३० फागुन २०७९ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया