काठमाडौं । जल तथा मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण देशको पहाडी तथा हिमाली भू–भागहरुमा सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । राती भने कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया