काठमाडौं । सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् ।
पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैँया रहेको छ ।
२०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ रहेको बजार पुँजीकरण सेयर बजारमा आएको निरन्तर गिरावटसँगै घटेको हो । २०७८ माघको तुलनामा चालु आवको माघ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ८ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ घटेको छ । आजको कारोबार दैनिकबाट
प्रतिक्रिया