×

इटहरीमा लिफ्टसहितको अपांग मैत्री प्रशासनिक भवनको शिलान्यास

images

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा पाँच तलाको लिफ्ट सहितको प्रशासनिक भवन बन्ने भएको छ । 

अपांग मैत्री उक्त भवनको २०८० साल असार महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको छ । प्रशासनिक भवनको एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । 

१२ करोड ७२ लाख ५८ हजार ७ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने भवनमा सोधपुछ शाखा, जिन्सी शाखा, प्रशासनिक तथा अन्य शाखाहरु शाखा प्रमुखहरुको कार्यकक्ष अपांग मैत्री शौचालय नगरप्रमुख, उपप्रमुखको कार्यकक्ष समेत रहने भवनमा लिफ्टको सुविधा समेत रहेको जानकारी दिएको छ । 

इटहरी उपमहानगरपालिका वडा नम्बर ६, उपमहानगरपालिका परिषरमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जीनियर जीवन घिमिरेले प्रशासनिक भवनको संरचनाका विषयमा जानकारी गराएका थिए ।

शिलान्यास कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, प्रदेश नम्बर १ प्रदेश सभा सदस्य सर्वध्वज सावा, एमाले केन्द्रीय सदस्य अमृता सुब्बा, एमाले नगर अध्यक्ष याम सुब्बा लगायतको सहभागिता रहेको थियो । 
 

सोमबार २ फागुन २०७८ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया