×

एमसीसी संविधान विपरीत छ, पार्टीले धारणा सार्वजनिक गरोस् : भीम रावल

images

काठमाडौं : एमाले नेता भीम रावलले एमसीसीबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। बानेश्वस्थित संसद भवनमा सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा उनले सो धारणा राखेका हुन्।

उनले एमसीसीका कतिपय प्रावधानहरु नेपालको सर्वभौमसत्ता र स्वाधीनताविपरीत रहेको बताए। नेपाल सरकार एमसीसीबीच भएको मूल सम्झौता र त्यसको आधारमा गरिएक एक दर्जन जति सम्झौता एवं कार्ययोजनाका कैयन प्रावधानहरु नेपालको सर्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ, उनले बैठकमा भने, यो विषय आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेको छ। यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमालेजस्ताव राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ।

सोमबार २ फागुन २०७८ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया