×

सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ । मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड-ओलीबीच माेटामाेटी सहमति भइसकेकाे बताइन्छ । दुई नेताकाे निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर टुंग्याइने एक नेताले बताए ।  

प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।

विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका प्रचण्डले दैनिकजसो एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै आएका छन्। पुस ११मा सपथ लिएकै दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै मन्त्तिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्। 

शनिबार ३० पुस २०७९ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया