×

शेखर कोइराला समूहको भेला सुरु

images

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसमा शेखर कोइराला समूहको भेला अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको छ।

बैठकमा नेताहरू डा.  शेखर, डा. मीनेन्द्र रिजाल, मन्त्री सुरेन्द्र आचार्य, सांसद सुनिल शर्मा, डा. चन्द्र भण्डारी, उपसभापति धनराज गुरुङ, बलबहादुर केसी, अर्जुननरसिंह केसी र जगदीशचन्द्र केसीलगायत नेता पुगेका छन्।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत पनि सहभागी छन् । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बुधबार २७ मंसिर २०८० ०२:३७ PM मा प्रकाशित

प्रतिक्रिया