×

जसपाका चार मन्त्री पदमुक्त

images

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवा जसपाका मन्त्रीहरुलाई हटाएका हुन् ।

जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् । यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (काेइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् । 

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ख बमोजिम प्रधानमन्त्री सिफारिसमा उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । चारै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने छन् ।

बिहीबार २७ असोज २०७९ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया