×

मधेस प्रदेशमा सत्ता गठबन्धन दलका मन्त्री हटाउने तयारी

images

जनकपुरधाम-  मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषदमा नेताहरुलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेसँगै राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई हटाउने तयारी गरेका हुन् ।

कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् । 

बिहीबार २७ असोज २०७९ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया