×

हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २३ पैसा र बिक्रीदर २३ रुपैयाँ ३३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ २६ पैसा र बिक्रीदर ४८५ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ १० पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६६ पैसा रहेको छ। यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

सोमबार ३० चैत २०८२ ०७:१५ AM मा प्रकाशित

प्रतिक्रिया