×

श्वासप्रश्वाससम्बन्धी बिरामीलाई घरबाहिर ननिस्कन सचेत

images

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकालगायत मुलुकको मध्य र पूर्वी भागमा वायु प्रदूषणको मात्रा बढेपछि श्वासप्रश्वाससम्बन्धी बिरामीलाई घरबाहिर ननिस्कन सचेत गरेको छ ।

डँढेलोको कारण जनस्वास्थ्यलाई हानी पुग्ने भएकाले वातावरण विभागले बुधबार जनहितसम्बन्धी सूचना जारी गर्दै बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन आग्रह गरेको हो। (फाइल तस्बिर)

बिहीबार ३० चैत २०७९ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया