×

राज्यको कानूनले अनलाईन मिडियालाई नियमन गर्न सकेन्- मन्त्री शर्मा

images

काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको कानूनले अनलाईन मिडियालाई समेट्न नसकेको बताएकी छिन् ।  आज सोमबार काठमाडौंमा आयोजित नारिनेपाल अनलाईन पत्रिका समुद्धघाटन कार्यक्रममा बोल्दै उनले आमसञ्चारको क्षेत्रलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानून अझै ल्याउन नसकेको टिप्पणी गरेकी छिन् । 

‘हाम्रो नीति कानुन नियम नै धेरै पुरानो छ । मिडिया सम्बन्धी कानुन पनि धेरै पुराना छन् । अहिले हाम्रो कानूनले अनलाईन मिडीयालाई समेट्नै सकिरहेकको छैन् । त्यसलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानून अझै बनिसकेको छैन् ।’

आउने बजेटमा मिडिया र अनलाईनसँग सम्बन्धीत भएर उचित विषयहरु उठाउने उनको भनाई छ । उनले यो क्षेत्रलाई अगाडि बढाउने नीति नियमहरु बनाउन आवश्यक भएको भन्दै यो विषयलाई सरकारी निकायहरुले पनि प्राथमिकतामा राख्नु पर्ने बताईन् ।
 

सोमबार २९ फागुन २०७९ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया