काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा पीएनजीलाई ९ विकेटले हराउँदै नेपालले कीर्तिमानी जित निकालेको हो।
लिग २ को अन्तिम खेलमा नेपालले बिहिबार युएईलाई पराजित गरे सोझै विश्वकप छनोट खेल्नेछ। पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षति भेट्टायो।
नेपालका आसिफ शेखले आक्रमक अर्धशतक प्रहार गरे । उनले २१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए । यो उनको आठौं एकदिवसीय अर्धशतक हो । त्यसअधि, कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा कुशल मल्ले १२ रन बनाए । पीएनजीका चाड सोपरले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी.३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो।
पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै २५ रन खर्चे।
प्रतिक्रिया