×

लागूऔषध सहित दुई जना पक्राउ

images

काठमाडौं । लागूऔषधसहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । सुनसरिको धरान उपमहानगरपालिका–१६ का २७ वर्षीय प्रभु साह समेत गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 

सोमबार २९ फागुन २०७९ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया