×

पार्टी विघटन हुँदा, हामी कमजोर देखियौ  ः प्रधानमन्त्री प्रचण्ड 

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर आफुहरु कमजोर देखिएको बताएका छन् । सोमबार राजधानीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको अधिवेशन  कार्यक्रममा बोल्दै उनले माओवादिहरु एक हँुदा देशको शक्तिशालि पार्टी भएको भन्दै विविध कारणले पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर आफुहरु कमजोर देखिएको बताएका हुन् । “पार्टी विघटन हुँदा जनतामा भ्रम पैदा भएर हामी कमजोर भयौं ।

 छिटै यो देशमा एकता हुने देखिएको छ ।  सबैले हासिल गरेका अनुभवहरु तिता मिठा राम्रा नराम्रा सकारात्मक नकारात्मक अनुभवहरुले सबैले आफनै अनुभवका रुपमा मूल्याङ्गकन गरे एकले अर्कालाई निषेध गर्ने हिसाबले नभएर ठिक ढङ्गगले पूर्वाग्रह रहित ढङ्गगले मूल्याङ्गकन गरीयोस ।”

प्रधानमन्त्री दाहालले फेरि एकिकृत हुने समय आएको भन्दै परिस्थितिले सबै नेतृत्वहरुलाई  पुनः विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको टिप्पणी गरे ।  उनले प्रतिक्रियावादि विचारको आधारमा जनतालाई भ्रमित पार्ने कार्यहरु भएमा क्रान्ति, प्रतिक्रान्तिमा जाने खतरा बढ्न सक्ने बताएका छन् । 

सोमबार २९ फागुन २०७९ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया