×

नेप्सेमा २४ अंकको गिरावट, सवा अर्बको कारोबार

images

काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन २८ अंकमाथिले घट्दै नेप्से सूचक १९ सय ७४ अंकको विन्दुमा ओर्लिएकोमा आज थप २४.६८ अंकको गिरावट आएको हो । 

सोमबार दोस्रो बजारमा कारोबारमा आएका २५६ कम्पनी मध्ये १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । आज कुल ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बाराबर रह्यो ।

सोमबारको दोस्रो बजारमा शुभम् पावर लिमिटेड, युनिक नेपाल लघुवित्त र ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ता बजारबाट नाफा कमाउनेमा परे भने खप्तड लघुवित्त, आदर्श लघुवित्त र हिमालयन बैंकका लगानीकर्ताले बजारबाट धेरै गुमाए ।

घटेको बजारमा एनआईसी एशिया बैंकको सेयर सबैभन्दा धेरै ६ करोड २४ लाख रुपैयाँ बाराबर कारोबार भयो भने दोस्रो धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट रह्यो । कारोबारमा आएका १३ वटै उपसमूह राताम्मे भए ।

सोमबार २९ फागुन २०७९ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया