×

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच पौडेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन्। त्यक्रममा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। 

पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए। उनको कार्यकाल ५ वर्षको हुनेछ। राष्ट्रपति भण्डारीको कार्यकाल आइतबार सकिएको छ। रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएका थिए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको थियो।

सोमबार २९ फागुन २०७९ ०१:३९ PM मा प्रकाशित

प्रतिक्रिया