×

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन हेलम्बु गाउँपालिकाले गर्‍यो आह्वान

images

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।


आइतबार एक विज्ञप्ति जारी गर्दै पालिकाले रोजगार सेवा केन्द्रको समन्वयमा फारम भर्ने सम्बन्धि सूचना सार्वजनिक गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९र०८० मा स्थानीय तह मातहत रहेका व्यक्तिहरुलाई सूचीकृत गर्न भनेको छ ।

साथै १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भइ सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न १८ देखि ५९ उमेर समुहका ईच्छुक व्यक्तिहरुले २०७७ साल फागुन मसान्त भित्र आफू स्थायी रुपमा बसोबार गर्ने वडामा गएर फारम भर्न भनिएको छ ।

कार्यक्रममा सहभागी हुनेहरुले आफ्नो र परिवारका सदस्यको एक एक प्रति नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र सीपमुलक तालिम लिएको भए सो को कागजात पनि पेश गर्न भनिएको छ ।

आइतबार​ १ फागुन २०७८ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया