×

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई लगाइदिए दसैँको टीका , शीतल निवासमा लाग्यो सर्वसाधारणको भिड

images

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएका छन् । प्रधानमन्त्री ओली राष्ट्रपतिको हातको टीका थाप्न शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेललाई पनि राष्ट्रपति पौडेलले टीका लगाइदिएका छन् । शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका थिए।  साथै राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन्।

दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरु गरेकाे राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन्।

शनिबार २६ असोज २०८१ ०६:१७ PM मा प्रकाशित

प्रतिक्रिया