×

गोकुल बास्कोटाको प्रश्न- जसको आन्दोलन उही नेता नभएर फेरि उत्खनन किन ?

images

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले जसको आन्दोलन हो उही नेता नभएर फेरि उत्खनन किन गरेको भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले खेल्दै देश प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो भन्दै जसको आन्दोलन उही नेता हुनुपर्ने बताएका हुन् ।   

उनले भनेका छन्- 

प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो । किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्याङ्ग्राको शिकार गर्न मुख बाउँछ, जसको आन्दोलन उही नेता हुनु नि । फेरि उत्खनन किन ?

 

शुक्रबार​ २७ भदौ २०८२ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया