काठमाडौँ । गायक राजेश पायल राईले आफुलाई सञ्चार वा विदेश मन्त्री बनाउन जेनजी समुहलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गायक राईले आफुले प्रधनमन्त्री नमागेको बताउदै आफुले पर्यटन मन्त्रालय समेत सम्हाल्न सक्ने दाबी गरेका छन् ।
उनले म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण छ भने ल्याउन र आफ्नो पासपोर्ट चेक गर्न समेत चुनौती दिएका छन् ।साथै उनले आफुलाई पर्यटन र संगीतको विकास गर्ने बारे थाहा भएको दाबि गरेका छन् ।
उनले भनेका छन्-
#जेन_जी भाईहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस् । प्रधानमन्त्री मागेको छैन किनकि म सन्चार र पर्यटन स्म्हाल्न सक्छु । यदि मभन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ मेरो पासपोर्ट र तिम्रो पासपोर्ट चेक गरु यो मेरो दावा हो । मलाई थाहा छ पर्यटन र संगीतको विकास ! आँट गर्नै हो भने असम्भब कही छैन ।
प्रतिक्रिया