×

यी हुन् अहिलेसम्म बजेटको विवरण नबुझाउने ९३ स्थानीय तह

images

काठमाडौँ । अहिलेसम्म सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ९३ स्थानीय तहले बजेटको विवरण नबुझाएको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा अहिलेसम्म ७५३ मध्ये ६६० स्थानीय तहले मात्र बजेट विवरण प्रविष्ट गरेका छन् । अझै ९३ स्थानीय तहले बजेट विवरण प्रविष्ट गरेका छैनन् । जसमा कोशी प्रदेशका १३, मधेश प्रदेशका ४४, बागमती प्रदेशका १०, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशका १२, कर्णालीका ७ र सुदूरपश्चिमका ३ स्थानीय तहले अहिलेसम्म बजेट विवरण बुझाएका छैनन् । यसमा केहि स्थानीय तहले बजेट सार्बजनिक गरेपनि मन्त्रालयमा नबुझाएको पाइएको छ भने कैयौं स्थानीय तहले बजेटनै ल्याउन नसकेको देखिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहले बजेट सार्बजनिक गरेपछि मन्त्रालयको वेभसाइटमा अनिवार्य विवरण प्रविष्ट गर्न निर्देशन दिएको छ । तापनि काठमाडौँ महानगर, रत्ननगर नगरपालिका लगायतका स्थानीय तहले बजेट ल्याएर पनि मन्त्रालयमा बजेट विवरण पेश नगरेको देखिएको छ ।

मन्त्रालयको आँकडा अनुसार गत आर्थिक बर्षमा ७०२ स्थानीय तहले मात्र आफ्नो बजेट विवरण मन्त्रालयमा बुझाएका थिए भने ५१ स्थानीय तहले बुझाएका थिएनन् ।

बजेट विवरण नबुझाउने स्थानीय तह :

कोशी प्रदेश

१- फाल्गुनन्द गाउँपालिका, पाँचथर
२- बाह्रदशी गाउँपालिका, झापा
३- म्याङलुङ नगरपालिका, तेह्रथुम
४- रामप्रसाद राई गाउँपालिका, भोजपुर
५- साल्पासिलिछो गाउँपालिका, भोजपुर
६- इटहरी उप-महानगरपालिका, सुनसरी
७- धरान उप-महानगरपालिका, सुनसरी
८- सुनवर्षी नगरपालिका, मोरङ
९- धनपालथान गाउँपालिका, मोरङ
१०- खोटेहाङ गाउँपालिका, खोटाङ
११- दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङ
१२- साकेला गाउँपालिका, खोटाङ
१३- सुनकोशी गाउँपालिका, ओखलढुंगा

मधेश प्रदेश

१- डाक्नेश्वरी नगरपालिका, सप्तरी
२- राजविराज नगरपालिका, सप्तरी
३- हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
४- अग्नीसाइर कृष्णासवरन गाउँपालिका, सप्तरी
५- छिन्नमस्ता गाउँपालिका, सप्तरी
६- महादेवा गाउँपालिका, सप्तरी
७- बलान-विहुल गाउँपालिका, सप्तरी
८- कल्याणपुर नगरपालिका, सिराहा
९- धनगढीमाई नगरपालिका, सिराहा
१०- सिरहा नगरपालिका, सिराहा
११- सुखीपुर नगरपालिका, सिराहा
१२- नवराजपुर गाउँपालिका, सिराहा
१३- लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा
१४- जनकपुर उप-महानगरपालिका, धनुषा
१५- क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
१६- धनुषाधाम नगरपालिका, धनुषा
१७- नगराइन नगरपालिका, धनुषा
१८- मिथिला नगरपालिका, धनुषा
१९- औरही गाउँपालिका, धनुषा
२०- कमला नगरपालिका, धनुषा
२१- जनकनन्दिनी गाउँपालिका, धनुषा
२२- हंसपुर नगरपालिका, धनुषा
२३- धनौजी गाउँपालिका, धनुषा
२४- सोनमा गाउँपालिका, महोत्तरी
२५- मलंगवा नगरपालिका, सर्लाही
२६- हरिवन नगरपालिका, सर्लाही
२७- चन्द्रनगर गाउँपालिका, सर्लाही
२८- रामनगर गाउँपालिका, सर्लाही
२९- पर्सा गाउँपालिका, सर्लाही
३०- कटहरीया नगरपालिका, रौतहट
३१- दुर्गाभगवती गाउँपालिका, रौतहट
३२- देवाही गोनाही नगरपालिका, रौतहट
३३- फतुवा विजयपुर नगरपालिका, रौतहट
३४- यमुनामाई गाउँपालिका, रौतहट
३५- निजगढ नगरपालिका, बारा
३६- महागढीमाई नगरपालिका, बारा
३७- आदर्श कोतवाल गाउँपालिका, बारा
३८- सुवर्ण गाउँपालिका, बारा
३९- विश्रामपुर गाउँपालिका, बारा
४०- पोखरिया नगरपालिका, पर्सा
४१- धोबीनी गाउँपालिका, पर्सा
४२- पकाहा मैनपुर गाउँपालिका, पर्सा
४३- सखुवा प्रसौनी गाउँपालिका, पर्सा
४४- कालिकामाई गाउँपालिका, पर्सा

बागमती प्रदेश

१- हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
२- विगु गाउँपालिका, दोलखा
३- सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
४- खनियाबास गाउँपालिका, धादिङ
५- गल्छी गाउँपालिका, धादिङ
६- दुप्चेश्वर गाउँपालिका, नुवाकोट
७- गोदावरी नगरपालिका, ललितपुर
८- मध्यपुर थिमी नगरपालिका, भक्तपुर
९- राप्ती नगरपालिका, चितवन
१०- काठमाडौँ महानगरपालिका

गण्डकी प्रदेश

१- हरिनास गाउँपालिका, स्याङजा
२- बुखैरेनी गाउँपालिका, तनहुँ
३- गण्डकी गाउँपालिका, गोरखा
४- बेसीशहर नगरपालिका, लमजुङ

लुम्बिनी प्रदेश

१- पाल्हीनन्दन गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
२- प्रतापपुर गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
३- कोटहीमाई गाउँपालिका, रूपन्देही
४- रोहिणी गाउँपालिका, रूपन्देही
५- सम्मरीमाई गाउँपालिका, रूपन्देही
६- मायादेवी गाउँपालिका, कपिलबस्तु
७- यसोधरा गाउँपालिका, कपिलबस्तु
८- शुद्धोधन गाउँपालिका, कपिलबस्तु
९- सरुमारानी गाउँपालिका, प्यूठान
१०- तुल्सीपुर उप-महानगरपालिका, दाङ
११- लमही नगरपालिका, दाङ
१२- बबई गाउँपालिका, दाङ

कर्णाली प्रदेश

१- अदानचुली गाउँपालिका, हुम्ला
२- गुठिचौर गाउँपालिका, जुम्ला
३- तिला गाउँपालिका, जुम्ला
४- कुमाख गाउँपालिका, सल्यान
५- छत्रेश्वरी गाउँपालिका, सल्यान
६- दार्मा गाउँपालिका, सल्यान
७- नौमुले गाउँपालिका, दैलेख

सुदूरपश्चिम प्रदेश

१- टिकापुर नगरपालिका, कैलाली
२- बान्नीगढी जयगढ गाउँपालिका, अछाम
३- बुढीनन्दा नगरपालिका, बाजुरा

के छ कानुनी व्यवस्था ?

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ मा हरेक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आम्दानी–खर्चको अनुमानित विवरण (बजेट) असार १० भित्र नगरसभा वा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था । स्थानीय सरकार सञ्चालन ऐनमा असार १० सम्म बजेट पेस र असारभित्र पारित गरिसक्नुपर्ने भनिए पनि बजेट नल्याएको खण्डमा के हुने भन्ने कुनै व्यवस्था छैन । तर अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ ले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ । 

 

मङ्गलबार २८ साउन २०८२ ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया