काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ बाट सुरु भएको ओलम्पिक खेलकुद आइतबार समापन भएको छ। आइतबार तीन घण्टा चलेको भव्य समारोहका बीच ओलम्पिक समापन भएको हो। फ्रान्सको राष्ट्रिय गानबाट सुरु भएको समारोह अमेरिकाको राष्ट्रिय गानसँगै समाप्त भएको थियो।
अमेरिकाले सन् २०२८ को ओलम्पिक आयोजना गर्ने भएकाले हलिउड अभिनेता टम क्रुज र अमेरिकी र्यापर स्नुप डगले अमेरिकाको प्रतिनिधित्व गरेको देखियो । कार्यक्रममा गोल्डेन भोयाजर, फिनिक्स ब्यान्ड र गायक बिली एलिसले पनि आफ्नो प्रस्तुति दिएका थिए। ओलम्पिकमा नेपाल सहभागी भए पनि कुनै पदक हासिल गर्न सकेन।
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ कांस्य) सहित शीर्ष स्थानमा छ। चीन चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको जापानले कुल ४५ पदक जितेको छ जसमध्ये २० स्वर्ण छन्। अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए । नेपाल सहित कुनै पदक नपाएका ११४ देश छन्।
प्रतिक्रिया