×

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरूद्धको सुनुवाइ असार १ मा

images

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथिको सुनुवाइ बिहीबार हुने भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र  छलफलपछि असार १ गते निर्णय गर्ने तयारी गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनिविरुद्ध परेको उजुरी खोलेको थियो ।

गत जेठ १६ देखि १० दिनको समय उपलब्ध गराएर उजुरी आव्हान गरिएकोमा कार्कीविरुद्ध विभिन्न व्यक्तिहरुले २९ वटा उजुरी दर्ता गराएका छन् ।

समितिको आज बसेको बैठले उजुरीको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्दै कार्ययोजनासमेत तय गरेको छ । आज तय गरेको कार्ययोजना अनुसार आगामी जेठ ३० र ३१ गते उजुरीकर्तालाई बोलाएर छलफल गर्ने,३२ जेठमा कार्कीलाई बोलाएर छलफल गर्ने र असार १ गते विहान ८ बजे बैठक बसी अन्तिम निर्णय गरिनेछ ।

सोमबार २९ जेठ २०८० १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया