×

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि बने मन्त्री

images

कास्की । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट २, नेकपा (माओवादी केन्द्र)बाट २ र नेकपा (एकीकृत समाजवादी)बाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ(दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका छन्।

गण्डकीमा यसअघि कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला शि‌म्खडा मन्त्री भइसकेका छन्। नयाँ मन्त्रीहरुको शपथ आजै ४ बजे हुने बताइएको छ। 

वैशाख १४ गते गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन माओवादीबाट गोरखाकी सुशीला  र कांग्रेसबाट स्याङ्जाकी सरस्वती मन्त्री नियुक्त भएका थिए । 

शुक्रबार​ २९ बैशाख २०८० ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया