×

यौन दुर्व्यवहार आरोपमा मदन राई पक्राउ

images

विराटगर । कृषि विज्ञको रूपमा परिचय बनाएका मदन राई पक्राउ परेका छन् । राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।  

राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो। 

मदनले फाउन्डेनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी बिहीबार सेतोपाटी अनलाइनले सार्वजनिक गरेको थियो।  फाउन्डेसनका संस्थापकमदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने, आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ।

शुक्रबार​ २९ बैशाख २०८० ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया