×

ढाकाकुमारले स्विकार गरे अडियो, भन्छन जनवरीको अडिओ अहिले सार्वजनिक गरेर षड्यन्त्र गरियो

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुमाउरो भाषामा आफ्नो गल्ती स्विकार गरेका छन् । ‘मेरो कारणले पार्टीलाई र उपनिर्वाचनलाई अप्ठ्यारो परेको छ, त्यसप्रति म क्षमाप्रार्थी छु ।

यो अडियो केही पनि होइन । जनवरी फेव्ररीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई प्रहार गरिएको हो,’– सञ्चारकर्मीसँग उनले भने ।

उनले आफू पार्टीको निलम्बनमा परिसकेको उल्लेख गर्दै आफूलाई षड्यन्त्र भएको विषयमा अदालतमा गइसकेकाले क्लिन चिट पाएर फर्किने पनि बताएका छन् ।  ‘जसले पनि बनाउन सकिने अडियो हो । मैले बोलेका भ्वाइसहरु अर्को तरिकाले बनाउन पनि सकिन्छ’, उनले भने, ‘मेरो कुराहरु जे आएको छ, त्यसमा खेद प्रकट गर्दछु ।’

उनले आफ्नोबारे प्रश्न उठिसकेपछि पार्टीले निलम्बन गरेको भन्दै पार्टीको निर्णयको स्वागत गर्ने पनि बताए । ‘म केही समयका लागि निलम्बन परेपनि म न्यायालय गएको छु र यसबारेमा क्लिन चिट ल्याएर यहाँहरुसामु फेस देखाउँछु ।’

उनले आफ्नो कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको पनि बताए । तर, यो चुनावको मुखमा गरिएको षड्यन्त्र भएकाले भोट दिएर पार्टीको उम्मेदवारलाई निर्धक्कका साथ अत्यधिक बहुमतले जिताउन उनले आग्रह गरे ।

  ‘यो पार्टीलाई तिनै निर्वाचन क्षेत्रमा हराउन गरिएको सुनियोजित योजनामा हो’, उनले भने, ‘जसले पार्टीलाई राम्रो मान्नुभएको छ, भोट दिएर अत्यधिक बहुमत दिएर लिडरहरुलाई जिताइदिनुहोला । क्लिन चिट पाएपछि म फर्किनेनै छु ।’  मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड बार्गेनिङ गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।

बुधबार २९ चैत २०७९ ०७:०८ PM मा प्रकाशित

प्रतिक्रिया