×

वनस्पतिको व्यवस्थापनबाट देश समृद्ध बन्न सक्छ : मन्त्री यादव

images

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले नेपालमा उपलब्ध वनस्पतिको संरक्षण तथा व्यवस्थापनबाट देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण गरेर मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । 

नेपालमा पाइने जडीबुटीको माग विदेशमा समेत पर्याप्त मात्रामा रहेको बताउँदै मन्त्री यादवले त्यसको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा पाइने बहुमूल्य वनस्पति संरक्षण गर्न नसक्दा नोक्सान भइरहेकामा चिन्ता व्यक्त गर्दै वन मन्त्रालयले त्यसको व्यवस्थापनको कार्य अगाडि बढाएको बताउनुभयो । मन्त्री यादवले नेपालमा वनस्पतिको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष योगदान पु¥याएका प्रा डा कृष्णकुमार श्रेष्ठलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मान गर्नुभयो । 

मङ्गलबार २९ चैत २०७८ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया