×

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने

images

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।
 आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो ।

 नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।

आइतबार​ २८ फागुन २०७९ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया