×

झारफुक गर्ने बहानामा ‘माता’ले कुटेर वालिकाको हत्या

images

काठमाडौं । बालिकालाई झारफुकबाट उपचार गर्ने नाममा अमानवीय क्रुरता देखाएको भन्दै प्रहरीले रुपन्देहीको सैनामैनामा १७ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञावलीको मृत्यु भएको थियो । गत २० फागुनको राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई ‘बोक्सी बकाउने’ भन्दै लछारपछार पारी कुटपिट गरेको र सोहीक्रममा उनको मृत्यु भएको थियो ।

कथित माताले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सो क्रुर घट्नाले सबैलाई सोच्न बाध्य बनाएको छ । समाजमा रहेका अन्य त्यस्ता कथित माता र झाँक्रीलाई कारबाही गर्न मागसमेत बढेको छ । अझै पनि त्यस्ता घटना घट्न सक्ने भन्दै त्यस्ता झाक्री र कथित मातालाई त्यस्तो कार्य गर्न रोक लगाउनुपर्ने माग सर्बत्र बढेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मीसहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सूक्ष्म अनुसन्धान थालिएको जानकारी दिएको छ । राजधानी दैनिकबाट

आइतबार​ २८ फागुन २०७९ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया