×

प्रतिनिधि सभाको बैठक सार्ने दाहाल र नेपालको प्रस्ताव

images

काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रतिनिधि सभाको बैठक सार्न प्रस्ताव गरेका हुन्। २ फागुनमा बोलाएको बैठक ४ फागुनमा सार्न प्रस्ताव गरेको अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएको राससले उल्लेख गरेको छ।

यसअघि २५ माघमा बोलाएको प्रतिनिधि सभाको बैठक सभामुख अग्निप्रसाद सापकोटाले २ फागुनका लागि सारेका छन्। अहिलेसम्म प्रतिनिधि सभाको बैठक पाँच पटक सारिसकिएको छ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद् पेश गर्न दवाव बढेपछि सभामुख सापकोटाले बैठक सार्दै आएको विपक्षी दलको आरोप छ। सत्तारुढ गठबन्धनका कांग्रेस र जनता समाजवादी ९जसपा० तथा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले एमसीसी सम्झौता संसद् पेश गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

सत्तारुढ गठबन्धनकै माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको यसको विपक्षमा उभिएका छन्। जसले गर्दा प्रतिनिधि सभाको बैठक सर्दै आएको छ।
 

शनिबार २९ माघ २०७८ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया