×

एमसिसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नाेक्सान पुर्‍याउने काममा प्रचण्ड : पाेखरेल

images

काठमाडौं।  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीबारे दुर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले शनिबार काठमाडौं महानगरपालिका-४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै जनतालाई अलमल्याउने गरी एमसिसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्‍याउने काममा दाहाल लागि परेको बताएका हुन् ।

उनले अध्यक्ष दाहालले एमसिसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याइँ गरिरहेको आरोप समेत लगाए । 

वरिष्ठ उपाध्यक्ष पाेखरेलले जनताको बीचमा फट्याइँ कुरा गर्ने नेताहरूलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह पनि गरे ।

उनले भने, ‘राजनीतिक ढंगले अनेक खालका दुर्भाग्यपूर्ण विवादहरू देखिरहेका छौं । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरूमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ । राजनीतिक पार्टीका नेता यता हेर्‍याे यतैका कुरा, उता हेर्‍याे उताका कुरा, ऊ पर हेर्‍याे, परका कुरा गर्ने खालका भए भने त्यो फट्याइँबाट समाज आक्रान्त हुन पुग्छ । याे कुरालाई पनि चिन्नुपर्ने हुन्छ । विभिन्न खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन् । जो दूर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन । त्यसकारणले हामी राजनीतिक पार्टीका मान्छेहरू पनि जनताको निगरानीमा बसिराख्यौँ भने हामीबाट भूलचुक हुन कमी हुन्छ । भूलचुक हुँदैन । भहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ । तर, जनताको निगरानीमा बसिएन भने अनि कमजोरीहरू हुन्छन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरू अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरूले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । 

त्यस अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचालगायतका सार्वजनिक क्षेत्रहरूको सफाइमा ध्यान दिने र त्यसको सदुपयोग गरेर अघि बढ्ने काममा लाग्न स्थानीयवासीलाई आग्रह गरे ।

मेयर शाक्यले आफूले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दावी समेत

 

शनिबार २९ माघ २०७८ ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया