×

कोरोनाका अनेकन भेरियन्ट आउन बाँकी नै छ

images

काठमाडौँ : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले फेरि कोरोना महामारीबारे चेतावनी दिएको छ । संगठनले प्रकोप अझै समाप्त नभएको स्पष्ट पारेको हो । 

images

एमसीसीको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन अपील

एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले  राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि...

संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भविष्यमा कोरोना भाइरसका विभिन्न प्रकारका भेरियन्ट आउन सक्ने बताउँदै चेतावनी दिएकी हुन् ।

उनले भनिन्, ‘हामीले देखेका छौँ कि भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको छ । यो नयाँ रूप तथा स्वरूपमा देखा परिरहेको छ । त्यसैले कोरोनाको नयाँ रूपको संभावनालाई नकार्न सकिँदैन।’  

हाल स्वामिनाथन महामारीको अवस्था जान्न दक्षिण अफ्रिकाको भ्रमणमा छिन् ।


यसअघि डब्ल्युएचओका प्राविधिक प्रमुख मारिया भान कार्खोभले पनि ओमिक्रोन कोरोनाको अन्तिम रूप नभएको बताएकी थिइन् । 

‘कोरोनाको नयाँ रूप आउन सक्छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनका अन्य चार संस्करणहरू पछ्याउँदैछ । ओमिक्रोनको बारेमा हामीलाई धेरै थाहा छ, तर सबै कुरा होइन । भेरियन्टको बारेमा केही भन्न गाह्रो छ । भाइरस छोटो समयमै परिवर्तन भइरहन्छ । यो धेरै छिटो फैलिएको हुनाले नयाँ रूपमा आउने सम्भावना पनि छ । त्यसकारण हामीले खोपलाई तीव्रता दिनुपर्छ’, उनले भनेकी थिइन् । 

डब्ल्युएचओले गत मंगलबार सार्वजनिक गरेको साप्ताहिक महामारी प्रतिवेदनअनुसार ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ । 
 

शनिबार २९ माघ २०७८ ०३:२३ PM मा प्रकाशित

प्रतिक्रिया