×

एमसीसीको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन अपील

images

एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले  राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि ती दल र मोर्चाले अपील गरेका छन् ।

राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म हुने विरोध र्‍यालीमा नेकपा माले, नेकपा (संयुक्त), नेकपा (मालेमा केन्द्र) लगायतका २२ वामपन्थी, मोर्चा, अभियान र संगठनको सहभागिता रहने पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मैनालीले विरोध र्‍यालीमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा  फागुन १ गते बागबजार चोकदेखि शान्तिबाटिका सम्म मसाल जुलुस समेत आयोजना गरिएको विज्ञप्तिमा जनाइएको छ ।  

 

शनिबार २९ माघ २०७८ ०३:१२ PM मा प्रकाशित

प्रतिक्रिया