×

बागमती प्रदेशमा सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा

images

हेटौंडा । बागमती प्रदेशमा सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन्।


सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार बनेका हुन् ।

पाठकलाई नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव र नेकपा माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन् । बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् ।

शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुन् भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुन्। बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिएका हुन्।

नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्।

बिहीबार २८ पुस २०७९ ०२:३२ PM मा प्रकाशित

प्रतिक्रिया