×

नेपाली युवकमाथि भारतमा गोली प्रहार

images

विराटनगर । विराटनगरका एक युवकमाथि भारतमा गाेली प्रहार भएको छ ।  विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे । संग्रौलामाथि सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा गोली प्रहार भएको हो। 

बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए। भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियाे । दैनिक उपभोग्य खाद्यवस्तु खरिदका लागि जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्। 

गोली लागेर घाइते भएका संग्रौलालाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी कोशी अस्पताल ल्याएको हो। 

सोमबार २५ मंसिर २०८० १०:३९ AM मा प्रकाशित

प्रतिक्रिया