×

काठमाडौं–२ : ओनसरी, मणिराम र कुन्तीबीच टक्कर

images

काठमाडौं। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तीव्र प्रचारप्रसार दौडमा छन् । यो क्षेत्र २ बाट स्वतन्त्र र दल गरी ३० उम्मेदवार चुनावी मैदानमा छन् । आफूआबद्ध पार्टी तथा चुनावी एजेन्डासहित प्रसारप्रसार तथा घरदैलो गर्न उनीहरूलाई भ्याइनभ्याइ छ ।

काठमाडौं क्षेत्र २ का उम्मेदवार घरदैलो पुगेर मत मागिरहेका छन् । ‘आफू विजयी भए सो क्षेत्रमा विकासका काम गर्ने’ प्रतिबद्धतासहित उनीहरू ‘आफूलाई मत दिन’ मतदातासँग आग्रह गरिरहेका छन् । काठमाडौं २ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार नै मुख्य प्रतिस्पर्धा देखिन्छन् ।

माओवादी केन्द्रबाट पूर्वसभामुखको जिम्मेवारी निर्वाह गरिसकेकी नेत्री ओनसरी घर्ती र एमाले नेता मणिराम फुँयाल प्रतिस्पर्धामा छन् । ओनसरीलाई सत्तारूढ गठबन्धनको समर्थन र फुँयाल एक्लै भिडेका छन् । राप्रपासँग चुनावी तालमेल गरेको एमालेले काठमाडौं २ मा भने तालमेल गरेको छैन ।

राप्रपाले यहाँ छुट्टै उम्मेदवार उठाएको छ । राप्रपाको तर्फबाट कुन्तीदेवी पोखरेल चुनावी मैदानमा छिन् । यहीँबाट झापा गौरादहका कोषराज सुवेदीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गत स्थानीय तहमा पाएको मतका आधारमा माओवादी केन्द्र चौथो स्थानमा रहेको आजको राजधानी दैनिकमा खवर छ ।

शुक्रबार​ २५ कात्तिक २०७९ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया