काठमाडौँ । भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन् ।
बिहारमा मतदाता नामावली संशोधनको विरोधमा विपक्षी सांसदहरूले संसद भवनबाट निर्वाचन आयोग कार्यालयसम्म गरेको विरोध मार्चका क्रममा प्रहरीले गान्धीसहित विपक्षी नेताहरुलाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
विरोध गरिरहेका विपक्षी सांसदहरूलाई निर्वाचन आयोगको मुख्यालयतर्फ जानबाट रोक्न यातायात भवनमा प्रहरी ब्यारिकेड लगाइएको थियो । प्रहरीले यो मार्चको लागि विपक्षी सांसदहरूले कुनै अनुमति नलिएको बताएको छ । प्रहरीले रोकेपछि अखिलेश यादव, महुआ मोइत्रा लगायत धेरै सांसदहरूले ब्यारिकेड चढ्ने प्रयास गरेका थिए । केही सांसदहरू ब्यारिकेड हाम फालेर सडकको बीचमा धर्नामा बसे। प्रहरीले प्रदर्शनकारी सांसदहरूलाई सम्झाउने प्रयास गरे पनि सांसदहरूले बाटोबाट हट्न अस्वीकार गरेपछि राहुल-प्रियंका गान्धी लगायत सबै नेताहरूलाई प्रहरीले हिरासतमा लिएको थियो ।
पक्राउ परेका नेताहरुलाई नजिकैको प्रहरी चौकीमा लगिएको बताइएको छ । प्रहरीले निर्वाचन आयोगमा जान ३० जना सांसदले अनुमति लिएको भए पनि प्रदर्शन नै गरेपछि पक्राउ गरेको बताएको छ ।
विहारमा ठुलो संख्यामा मतदाताको नाम काटिएको र नयाँ मतदाता थपिएको भन्दै अहिले विपक्षी दलहरुले कडा प्रतिक्रिया जनाइरहेका छन् । बिहारमा आउदो नोभेम्बरमा विधान सभाको तयारी चलिरहेको छ ।
प्रतिक्रिया