काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज रिभर फल्स पावरको शेयरमा ९.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ६.८७ प्रतिशतले बढेको छ । त्यस्तै आज उन्नति लघुवित्तको शेयर मुल्य ७.६४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको ५३ करोड ८८ लाख र हिमालयन रिइन्सुरेन्सको ४२ करोड ८३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया