आईसीसी विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा नेपालले टर हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ ।
स्कटल्यान्डकाे क्याम्बुस्दुन न्यु ग्राउन्डमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्न लागेकाे हाे । आजकाे खेलमा नेपालबाट बसिर अहमदले डेब्यु गरेका छन् । बसिर एकदिवसीयमा नेपालबाट खेल्ने ३३ औँ खेलाडी हुन् ।
शृङ्खलाकाे दाेस्राे खेलमा नेपालले जुलाई १३ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियासँग जुलाई १६ र अन्तिम खेलमा स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । त्रिदेशीय शृङ्खलाका लागि नेपाल स्कटल्यान्ड भ्रमणमा गएकाे हाे ।
लिग–२ काे अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्कसहित पाँचौँ स्थानमा छ । नामिबिया १५ खेलमा १४ अङ्कसहित छैटौँ स्थानमा छ ।
यस्ताे छ नेपालकाे प्लेइङ–११:
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, राेहितकुमार पाैडेल, आरिफ शेख, आसिफ शेख (विकेटकिपर), करण केसी, बसिर अहमद, साेमपाल कामी, आदिल अन्सारी ।
प्रतिक्रिया