×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, लागुऔषध कारोबारी घाइते

images

काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।

लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो । ती युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो  ।

प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ ।  निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको प्रहरीले बताएको छ ।  


 

आइतबार​ २८ जेठ २०८० १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया