×

युवा व्यबसायी, समासेवी, तथा माओवादी नेता थापाद्दारा  शैक्षिक सामाग्री बितरण 

images

काठमाडौँ ।  समासेवी, माओवादी युवानेता अर्जुन थापाले स्व बुवाआमाको सम्झनामा स्थापान भयको चन्द्रलोक शैक्षिक कोषबाट धौलागिरीको ११ माबिका  १६० जना अति बिपन्न ,  अनाथ, जेहेन्दार  विद्यार्थी हरुलाई बर्षभरी पुग्नेगरी शैक्षिक सामाग्री बितवरन गर्नु भयको छ ।

आफ्ना दिवंगत बुवा र आमाको नाममा थापाले रु. दश लाखको कोष स्थापना गर्नुभएको छ । कोषबाट गत वर्ष १०० जनालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । अध्ययन र व्यवसायको शिलशिलामा काठमाडौमा बस्दै आउनुभएका थापा नेकपा (माओवादी केन्द्र)को विशेष प्रदेश समिति सदस्य हुनुहुन्छ ।

थापाको अगुवाईमा काठमाडौमा १२ वर्षअघि स्थापना भएको क्विक ब्लड सेन्टरले चार हजार तीन सय जना बिरामीलाई रगतको व्यवस्थापन गरेको छ । थापाले ४३ पटक आफैले रक्तदान गर्नुभएको छ ।  म्याग्दिलगायत  वैदेशिक रोजगारको सिलसिलामा फसेका युवाहरूलाई नेपाल प्रहरी र माओवादी केन्द्र  विशेष सहयोगमा निशुल्क रुपमा पैसा उठाईदिने काम गर्नुभयको छ ।

आइतबार​ २८ जेठ २०८० ०१:१३ PM मा प्रकाशित

प्रतिक्रिया