×

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

images

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित भएको हो । यससंगै प्रि बजेट छलफल सुरु भएको छ ।

अर्थमन्त्री विष्णु पटडेलले आजकै भैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । यससँगै अब बैठकमा आगामी बजेटबारे छलफल हुनेछ । राष्ट्रपतिले बैशाक १९ मा संघिय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि प्रधानन्त्रीले उठेका प्रश्नको जवाफ दिएपश्चात निर्णयार्थ पेश गरिएको थियो ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । ती सबै प्रस्ताव आज निर्णयार्थ पेश गरिँदा बहुमतले अस्वीकृत भएका छन् । 

नीति तथा कार्यक्रमको विपक्षीहरूले विपक्षमा मतदान गरे भने सत्ता पक्षका सांसदले पक्षमा मतदान गरे । निर्णयाथ प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रममाथि बैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो । छलफलमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिएका थिए । त्यसपछि उनको जवाफ चित्त नबुझेका सांसदहरूले पुनः जवाफ दिएका थिए । 

आइतबार​ २८ बैशाख २०८२ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया