×

टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच सहमति

images

 काठमाडौं । प्रमुख ३ दलका बीचमा  टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको  सभामुखको सचिवालयले जनाएको छ ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व पनि सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएका छन्। अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

यसअघि चैत २५ पनि सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच छलफल भए पनि सहमति हुन सकेको थिएन ।

सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए

मङ्गलबार २८ चैत २०७९ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया