×

प्रचण्डलाई ओलिको जबाफ- एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्नुहोस

images

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । साथै ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।

सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् ।प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने,  ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ 

प्रचण्डले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौँ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,” ओलीलाई उद्धृत गर्दै रिजालले जानकारी दिए, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन, पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ ।”

रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग एमसीसीका बारेमा पहिला धारणा बनाउनु पर्ने एमालेका पुर्ववतः भनाइ कायमै छ । 

शुक्रबार​ २८ माघ २०७८ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया